दफा २०क
निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्ति
(१) विश्वविधालयले तोकेको मापदण्ड पूरा
गरी विश्वविद्यालय वा मातहतका आङ्गिक
तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना
भएका दलित, सिमान्तीकृत, अपाङ्ग र
आर्थिक रूपले बिपन्न विद्यार्थीको लागि
उच्च शिक्षा निःशुल्क हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी _तोके बमोजिम हुनेछ ।
(३) उपदफा: (२) बमोजिमको सुविधा एक. विद्यार्थीलि प्रत्येक तहमा एकपटक मात्र उपभोग गर्न पाउनेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको सिट सुरक्षित गरिनेछ ।
(५) विश्वविद्यालयले शहिद, बेपत्ता पारिएका र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यबस्था गर्नेछ ।
(६) कक्षा छदेखि कक्षा दशसम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ ।